१५ आश्विन २०८१, मंगलबार

नेता शर्माले भने : एकताका आधारमा हस्ताक्षर गरेदेखि पार्टी एक भइसक्यो


janardhan-sharma

२४ फागुन, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेदेखि पार्टी एक भइसकेको र केही संरचना निर्माण गर्नका लागि मात्र समय लागेको बताएका छन् ।

शर्माले प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा मधेसवादी दललाई समेत समेटेर शक्तिशाली दुइ तिहाईको सरकार बनाउने बताए ।

नेता शर्माले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’लाई दमन नगरेको बताउँदै विप्लवसँग सहकार्य गरेरअघि बढ्न तयार रहेको बताए ।

फरक प्रसंगमा नेता शर्माले सदनमा समृद्धको बहस तथा भष्ट्राचार अन्त्य गर्ने बहस पहिलोपटक चलेको बताउँदै देश समृद्ध बनाउने दिशामा अघि बढेको दाबी गरे । यो थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !