३ असार २०८१, आइतबार

उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ?


धनराज गुरुङ

काठमाडौँ । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता धनराज गुरुङले त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ? भन्दै अर्को प्रश्न गरेका छन् । नेता गुरुङले यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘सम्मानीय @PM_Nepal ज्यु! १)त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ? २) नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ? कृपाया यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गरियोस्।”नेता गुरुङले लेखेका छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !