काठमाडौँ । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता धनराज गुरुङले त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ? भन्दै प्रश्न गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ? भन्दै अर्को प्रश्न गरेका छन् । नेता गुरुङले यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘सम्मानीय @PM_Nepal ज्यु! १)त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ? २) नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ? कृपाया यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गरियोस्।”नेता गुरुङले लेखेका छन् ।’
सम्मानीय @PM_Nepal ज्यु!
१)त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो?
२)नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो?
कृपाया यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गरियोस्।— Dhan Raj Gurung (@dhanrgrg) June 15, 2021