२३ मंसिर २०८१, आइतबार

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ


फणिन्द्र नेपाल

काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ परेका छन् । नेपाललाई आज बिहीबार प्रहरीले शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, भद्रकालीले जनाएको छ ।

शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए ।

अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा भएकोले नेपालले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !