२ कार्तिक २०८१, शुक्रबार

सर्वोच्चले माग्यो दासलाई सांसद बनाउनुको कारण


सर्वोच्च अदालत

२३ फागुन, काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ ।

निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले बुधबार आदेश गरेको हो ।

सिराहा धनगढीमाईका दुर्गानन्द चौधरीले सांसद दास भारतीय नागरिक भएकाले उनको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार निवेदन दिएका थिए ।

नागरिक दैनिकले नेकपा माओवादी केन्द्रका तर्फवाट सिराहा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुरेशचन्द्र दासको नाम भारतको मतदाता सूचीमा रहेको खुलेको समाचार प्रकाशित गरेको थियो। सोही आधारमा चौधरीले रिट निवेदन दर्ता गरेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !