३१ भाद्र २०८१, सोमबार

भैंसेपाटीमा वामदेव गौतम र विष्णु पौडेलवीच घनिभूत छलफल


वामदेव गौतम File Photo

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेलबीच गौतम निवास भैंसेपाटीमा चार घण्टा लामो छलफल भएको छ । गौतम र पौडेलबीच बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।

गौतमको सचिवालयले दिएको जानकारी अनुसार दुई नेताबीचको भेटवार्ता राजनीतिक भन्दा पनि व्यक्तिगत भनिएतापनि सोही क्रममा पार्टी विवाद र एकताबारे गहनतम छलफल भएको बुझिएको छ ।

पछिल्लो समय गौतम एमालेलाई एक बनाउने अभियानमा लागी परेका छन् । उनी एमालेको खनाल-नेपाल समूह निकट देखिएका छन् । ओलीले पटक-पटक ललिपप देखाएर झुक्याएकोले गौतम ओलीदेखि बिच्किएका हुन् । ओलीले गौतमलाई कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्ष बनाउने आश्वाशन दिएर कुरा मात्र गरी थाङनामा सुताइदिएका थिए ।

सर्वोच्च अदालतले हालै एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी अन्तरिम आदेश दिएकोले उक्त आदेश अनुसार पार्टीमा जेठ २ गते अघिको स्थायी कमिटी वैठक बोलाउनुपर्ने पक्षमा गौतम रहेका छन् । पार्टी संस्थापनले सो बैठक बोलाएमा सहभागी हुने उनको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !