५ जेष्ठ २०८१, शनिबार

ओलीलाई हटाउन नसक्ने निश्चित भएपछि पुर्वप्रधानमन्त्रीको गनगन सुरु : नेता बास्कोटा


गोकुल बाँस्कोटा

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ५ पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने भएपछि रुवावासी गरेको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले पाँच पूर्वप्रधानमन्त्री सधै त एकै ठाउँमा भएको तर प्रधानमन्त्री ओली एक्लो भएतापनि यिनका स्वार्थको भारी बोकेर किन सँगै रहनु ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले ओलीको विशेषता नै आफ्नो एजेण्डामा स्पष्ट अरूका प्रतिक्रिया आउँछन् जान्छन् भन्ने भएको बताएका छन् । साथै उनले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष डल्लै आफुतिर नउभिएपछिको रुवावासी गरेको बताउदै नत्र लड्डुलालले दीप बाल्थे भनेर प्रचण्ड र माधव नेपाललाई कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘पाँच पुर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन् । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु?हटाउन नसक्ने निश्चित भएपछिको गनगन। ओली विशेषता नै यहि हो-आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन्। जसपा डल्लै आफुतिर नउभिएपछिको रुवावासी नत्र लड्डुलालले दीप बाल्थे।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !