५ जेष्ठ २०८१, शनिबार

धनराजले सरकारलाई प्रश्न गरे, ‘एयरपोर्टमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरा के हो ?’


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरा के हो ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले एयरपोर्टमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरामा पूर्वप्रधानमन्त्रीहरुको वक्तव्य सत्ता बाहिर बस्नुपरेको उपज हो भन्न नमिल्ने उनले तर्क गरेका हुन् ।

यस्तै उनले नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिने कुरा के हो ? यी सत्य हुन् भने हाम्रो स्वाधीनता रहन्छ ? भनेर पनि सरकारलाई प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘५ पुर्ब प्र.म.हरुको वक्तव्य सत्ता बाहिर बस्नुपरेको उपज हो भने यी समाचार के हुन्? १) एयरपोर्टमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरा के हो? २) नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिने कुरा के हो? यि सत्य हुन् भने हाम्रो स्वाधीनता रहन्छ? @PM_Nepal’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !