४ असार २०८१, सोमबार

बाबुरामको टिप्पणी : ओली भाइरस पोखरामा पनि सल्केको देखियो

ओली भाइरस महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली भाइरस पोखरामा पनि सल्किएको व्यंग गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज बेलुकी लेख्दै उनले ओली भाइरस महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भनेर चिन्ता व्यक्त समेत गरेका छन् । उनले ओली भाइरसबारे भ्रममा नपरेर सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन् ।

उनले अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं भन्दै सबैले सबैतिरबाट सशक्त प्रतिवाद गर्न आग्रह गर्दै ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आब्हान समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !