२३ भाद्र २०८१, आइतबार

नरोत्तम वैद्यलाई महेश बस्नेतको चेतावनी : केपी ओलीको रक्षाको लागि जे पनि गर्न तयार छौं


महेश बस्नेत र नरोत्तम वैद्य

काठमाडौँ । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको जीउ ज्यानको रक्षाको लागी जे गर्न पनि तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा हिजो राती लेख्दै बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भनी गम्भीर प्रश्न उठाएका छन् । हिजो शुक्रवार कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रदेशसभामा बोल्दै आफु प्रधानमन्त्री ओलीलाई हत्या गर्न तयार रहेको खुल्ला चुनौति दिएका थिए ।

सांसद वैद्यले महात्मा गान्धीलाई हत्या गरी मार्ने नाथुराम गोड्सेले बन्न तयार रहेको भन्दै जनताको सम्मानीत ठाउँ प्रदेशसभामा चेतावनी दिएका थिए । सोही प्रसंगलाई नेता बस्नेतले कांग्रेसले यदि प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भने लाखौं नेपाली युवाहरु त्यसको प्रतिवाद गर्न तयार रहेको चेतावनी दिएका हुन् ।

सांसद वैद्यलाई तत्काल सरकारले गिरफ्तार गरी कानुनी कारवाही गर्न आग्रह गर्दै नेता बस्नेतले जनताको आक्रोश प्रकट भएर बैद्य जस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गरी अप्रिय घटना समेत युवाहरुले घटाउन सक्ने भएकाले वेलैमा सजक भई कानुनी कारवाही गर्न सरकारलाई आग्रह गरे ।

युवाको आर्कोशबाट घट्न सक्ने घटनाभन्दा पहिले नै सरकारले सचेत भई कानुनी कारवाही गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले केपी ओलीलाई मार्ने षड्यन्त्र बनाउनेलाई प्रधानमन्त्री ओलीको लागि मर्न र मार्न युवाहरु तयार भएका हजारौं समर्थक र शुभचिन्तकहरु आफ्नो ज्यानलाई बाजी मार्न समेत तयार रहेको चेतावनी दिए ।

बस्नेतले लेखेका छन्, ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिराेध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।’

सन् १९४८ जनवरी ३० मा नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिए । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो । त्यसैले गान्धीको हत्यापछि सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । नाथुराम एक आवारा खालको मान्छे थिए, जसलाई गान्धीको हत्याका लागि भाडामा लिएका थिए ।

देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई संसदीय मर्यादाको समेत ख्याल नगरी सांसदले दिएको अभिव्यक्ति खेदजनक छ । महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमायोग्य छैन । उनलाई हदैसम्मको कारबाही हुन जरुरी छ ।

भिडियो सौजन्य : फरकधार डटकम

यो पनि पढ्नुहोस्

यी हुन् प्रधानमन्त्री ओलीलाई नाथुराम गोड्से बनेर हत्या गर्नुपर्छ भन्ने काँग्रेस सांसद

काँग्रेस प्रदेशसभा सांसदले भने, ‘ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !