७ बैशाख २०८१, शुक्रबार

यी हुन् प्रधानमन्त्री ओलीलाई नाथुराम गोड्से बनेर हत्या गर्नुपर्छ भन्ने काँग्रेस सांसद


नरोत्तम वैद्य

काठमाडौँ । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका छन् ।

बागमती प्रदेशसभा नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रधानमन्त्री ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए । वैद्यले भने ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु।’

सन् १९४८ जनवरी ३० मा नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिए । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो । त्यसैले गान्धीको हत्यापछि सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । नाथुराम एक आवारा खालको मान्छे थिए, जसलाई गान्धीको हत्याका लागि भाडामा लिएका थिए ।

प्रदेशसभा सांसदको वैद्यको अभिव्यक्तिलाई लिएर एमाले नेता-कार्यकर्ताले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पनि उनको चर्को आलोचना शुरु भएको छ । भोलि देशको माहोल यहि विषयमा केन्द्रित हुने देखिन्छ ।

यद्यपि देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई हत्या गर्ने अभिव्यक्ति दिने संसदको विषयलाई लिएर आफूलाई मूलधारको भनेर दावी गर्ने मेडियाहरु मुखमा पानी हालेर बसेका छन् ।

देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई संसदीय मर्यादाको समेत ख्याल नगरी सांसदले दिएको अभिव्यक्ति खेदजनक छ । महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमायोग्य छैन । उनलाई हदैसम्मको कारबाही हुन जरुरी छ ।

भिडियो सौजन्य : फरकधार डटकम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !