६ बैशाख २०८१, बिहिबार

देउवापत्नी आरजु राणालाई हराउने नारदमुनि वनमन्त्री बन्दै


नारदमुनि राना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणालाई प्रतिनिधिसभाको निर्वाचनमा पराजित गर्ने नारदमुनि राना मन्त्री बन्ने भएका छन् । उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

उनले कैलाली-५ बाट आरजु राणालाई भारी मत अन्तरले हराएका थिए । अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै रानालाई वनमन्त्री बनाउन लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !