११ बैशाख २०८१, मंगलबार

महेश बस्नेतलाई पछि पार्दै खगराज अधिकारी गृहमन्त्री बन्दै


खगराज अधिकारी र महेश बस्नेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा भक्तपुरका महेश बस्नेतलाई पछि पार्दै कास्कीका खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालय शितल निवासले नयाँ मन्त्रीहरुको आज अपरान्ह ४ बजे सपथग्रहण गराउने तयारी गरेको छ ।

गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि दबाबमा परेका प्रधानमन्त्री ओलीले अन्तिममा खगराजलाई गृहमन्त्री बनाउन लागेका हुन् ।

प्रहरी नेतृत्वले पनि बस्नेत भन्दा अधिकारीलाई रुचाएकोले गृहमन्त्रीमा अधिकारी बन्न लागेको एमालेनिकट उच्च स्रोतको दाबी छ । अधिकारी गृहमन्त्री बने बस्नेतलाई सञ्चारमन्त्री दिने भनेतापनि ओलीले निवर्तमान गृहमन्त्री राम बहादुर थापाकी श्रीमती नैनकला थापालाई संचारमन्त्री बनाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !