१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै : यी हुन् नयाँ बन्न लागेका मन्त्रीहरु


सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

रक्षा, गृह, सामान्य प्रशासन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्‍चार तथा सूचना प्रविधि, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित ८ मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूसँग परामर्शमा गरेर मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाइसकेका छन् । नयाँ थप्न लगिएका मन्त्रीहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार भएको छ ।

आज थपिने सबै मन्त्रीहरु नेकपा एमालेकै हुने बालुवाटार स्रोतको भनाई रहेको छ । पूर्व माओवादी समूहवाट एमालेमा प्रवेश गरेका कम्तीमा २ जना मन्त्री बन्ने सम्भावना रहेको छ । राष्ट्रपति कार्यालय शितल निवासले नयाँ मन्त्रीहरुको आज अपरान्ह ४ बजे सपथग्रहण गराउने तयारी गरेको छ ।

यी हुन् नयाँ बन्न लागेका मन्त्रीहरु

१. गृहमन्त्री – खगराज अधिकारी
२. वनमन्त्री – नारदमुनी राना
३. सामान्य प्रशासनमन्त्री – गणेश पहाडी
४. उद्योगमन्त्री – राजकिशोर यादव
५. संचारमन्त्री – नैनकला थापा
६. कृषिमन्त्री – ज्वालाकुमारी साह
७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – मोहन वानियाँ
८. वनराज्यमन्त्री – आशा विक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !