११ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै


कर्णाली प्रदेशसभा

कर्णाली । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ ।

उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजी सम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिएका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आएका छन् ।

यही जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच ३ घण्टा भन्दा लामो वार्ता भएर पनि त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर मङ्गलबारको बैठक पनि जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगनको सूचना टाँसेको थियो ।

बैठकमा उनले केही सञ्चारमाध्यमले थरीथरीका समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै अर्को बाटोबाट बजेट ल्याउन नहुने बताएका थिए । बैठक आज जेठ २७ गते दिउँसो २ः०० बजेसम्मका स्थगन भएको सूचना प्रदेश सचिवालयले दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !