८ बैशाख २०८१, शनिबार

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

जनकपुरधाम । प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका छन् । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ ।

सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए ।

आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता व्यक्त गर्दे सोका लागि कानून मन्त्रीलाई निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !