७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा जाँदै, आजै सपथ


नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा

काठमाडौं । प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् । उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व गर्दै आएको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका हुन् ।

विशेष स्रोतका अनुसार कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् । जसमा कांग्रेस तीन र माओवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका छन् ।

बुधबार जसपा यादव समूह, कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँटको सहमति भएसँगै प्रदेश २ मा मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । तर, कांग्रेस र माओवादीले पाउने मन्त्रालय भने टुङ्गो लागेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !