१२ बैशाख २०८१, बुधबार

ओलीको सम्भावित अस्त्र : एमालेका दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउने


केपी शर्मा ओली

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवको सम्भावित अस्त्र भनेको एमालेका दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर झलनाथ खनाल-माधव समूहलाई एकता गर्न बाद्य पार्ने रहेको खुलासा गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले ओलीले आफ्नै खराउ कुर्सीमा राखेर चलाउने एमालेको दोस्रो पुस्ताको पात्रलाई प्रधानमन्त्री बनाएर अन्ततोगत्वा माधव-झलनाथलाई सुकुलमा सुकाउने रहेको भविष्यवाणी गरेका छन् ।

यस्तै उनले अरु दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तिरिमिरी झ्याँई पार्ने रहेको संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘ओलीको सम्भावित अस्त्र : दोश्रो तहको नेतालाई प्र.म.बनाउने प्रस्ताव ल्याउने। यो प्रस्ताव बमोजिम माधव समुहलाई एकता गर्न बाद्य पार्ने। आफ्नै खराउ कुर्सीमा राखेर चलाउने पात्रलाई प्र.म.बनाउने। अन्ततोगत्वा माधव-झलनाथलाई सुकुलमा सुकाउने! अरु दलका नेताहरुलाई तिरिमिरी झ्याँई पार्ने !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !