१७ असार २०८१, सोमबार

बाबुरामलाई माओवादीमा फर्किन प्रचण्डको आग्रह


prachanda

२२ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादीमा पुनर्मिलनमा आउन आग्रह गरेका छन् ।

मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा भित्र्याउँदै बाबुरामलाई पनि पुनर्मिलनमा आउन आग्रह गरेका हुन् ।

‘बाबुराम जीलाई म यहिँवाट भन्छु, लाज नमानी फर्किनुस्, आफ्ना साथीहरुसँग लजाउनुपर्दैन् ।’ हामी सबै तपाइँकै साथी हौं ।’

जनयुद्धलाई स्मरण गर्दै प्रचण्डले अहिले साथीहरुले रहर गरेर युद्ध नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु