धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि हात हाल्ने काम भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् ।
मन्त्रीका स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् । यसलाई एमालेभित्र रहेको अन्तर्द्वन्द्वको उपज मानिएको छ ।
यो समाचार जनआस्थावाट साभार गरिएको हो ।