२ मंसिर २०८१, आइतबार

प्रदेश २ को बजेट अधिवेशन : जसपाको ठाकुर समूहद्वारा बहिष्कार


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहका सदस्यहरुले बहिष्कार गरेका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट ठाकुर समूहका १ जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित ४ जना जना मन्त्रीलाई बर्खास्त गरेपछि रुष्ट भएको ठाकुर पक्षका सदस्यहरु बजेट अधिवेशनको बैठकमा सहभागी नभएका हुन् ।

आज बिहान १० बजे ठाकुर समूहको संसदीय दलको बैठकबाट प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । प्रदेश सभाको बजेट अधिवेशनमा सहभागी नहुने निर्णयका साथ यादव समूहले गर्ने क्रियाकलापका आधारमा रणनीति तय गर्ने निर्णय गरिएको ठाकुर समूहका एक प्रदेशसभा सदस्यले बताए ।

मुख्यमन्त्री राउतले प्रदेश २ सरकारबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !