४ असार २०८१, सोमबार

बाबुरामले उठाए गम्भीर प्रश्न : ओलीले गरेका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । नेकपा एमालेलाई जेठ ३ पूर्व फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै एकताका लागि ६ बुँदे आह्वान गरेलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको ओली समूहसँग पार्टी एकता भएमा ओलीले गरेका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? भनेर प्रशं समेत गरेका छन् ।

उनले एमाले कणहरूसंग जिज्ञासा भन्दै एमालेका सबै नेताहरु जेठ ३ गतेमा फर्केर एउटै चूलामा बाक्लो दालसहित भात भान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति र ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, साॅसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? भनेर प्रशं गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भात भान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, साॅसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !