५ जेष्ठ २०८१, शनिबार

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई गोकुल बास्कोटाले गरे यतिसम्मको अपमान


गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाल बहुभाषीक, बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक राज्य भएको बताएका छन् । नेता बास्कोटाले बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको बताएका छन् ।

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल त बहुल राष्ट्रिय राज्य भएको बताएपछि नेता बास्कोटाले यस्तो बताएका हुन्। नेता बास्कोटाले सामाजिक संजालमा लेखेका छन् ” नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो।बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो।कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !