३ असार २०८१, सोमबार

राजेन्द्र महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य नै हो


राजेन्द्र महतो

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल त बहुल राष्ट्रिय राज्य भएको बताएका छन् । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि आलोचित बनेका महतो भने आफ्नो भनाइमा अडिग छन् ।

शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पसमूहले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले यस्तो बताएका हुन्।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !