२ असार २०८१, शनिबार

नवगठित मन्त्रीमण्डललाई नेता धनराज गुरुङले गरे यतिसम्मको अपमान


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नवगठित मन्त्रीमण्डल संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज भएको बताएका छन्। गुरुङले एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै वरदान त उनै प्रभुको हो नि बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज हो,नवगठित मन्त्री मण्डल! एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै! वरदान त उनै प्रभुको हो नि । जसले नेपाल आमाको फरिया बेचेर सत्ता जोगाउने प्रयत्न गर्छ, उसलाई आमा निर्वस्त्र बनेकोमा चिन्ता हुँदैन। लेण्डुप प्रबृत्ति!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !