३ असार २०८१, सोमबार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै


BICC

२२ फागुन, काठमाण्डौ । हिजोवाट सुरु भएको संघीय संसद् र राष्ट्रियसभाको बैठक विभिन्न कार्यसूचीहरुमा छलफल गर्न आज पनि बस्दैछ ।

संसद् सचिवालयले दुवै सदनको बैठक बस्न लागेको जानकारी दिएको छ । सचिवालयका अनुसार, प्रतिनिधिसभाको आजको बैठकको मुख्य कार्यसूची प्रधानमन्त्रीले विश्वासको मत लिने मितिसँगै सभामुख चयनको मितिसमेत तय गर्ने रहेको छ ।

संघीय संसदमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी ५ दलको प्रतिनिधित्व छ ।

सचिवालयका अनुसार, आजको बैठकले नियमावली मस्यौदा समिति गठन गर्नेछ । राष्ट्रिय सभाको आज बस्ने बैठकले अध्यक्षको निर्वाचन मिति तय गर्न सक्ने सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !