११ आश्विन २०८१, शुक्रबार

आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै त्रिपाठीद्वारा मन्त्री अस्वीकार


हृदयेश त्रिपाठी

काठमाडौं । आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् । बालुवाटार स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

राजनीतिमा म भन्दा जुनियर राजेन्द्र महतोलाई उपप्रधानमन्त्री मानेर म मन्त्री बस्न सक्दिन भन्दै उनले मन्त्री पदमा बस्न अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले त्रिपाठीलाई मन्त्रीको रुपमा कार्यकाल पुरा गरेकोमा धन्यवाद दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !