९ मंसिर २०८१, आइतबार

छटपटीदै बादल पुगे बालुवाटार, गृहमन्त्री पदमा भयो लफडा


रामबहादुर थापा File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बाहेक सबै मन्त्री हटाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक योजना मन्त्री बसन्त नेम्वाङ बाहेक सबैलाई हटाउन लागिएको छ ।

स्रोतका अनुसार एमाले प्रवेश गरेका पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी भइरहेको छ । रामबहादुर थापा तथा टोपबहादुर रायमाझी निकट केही नेतालाई मन्त्री नियुक्त गर्न लागिएको छ । यसका लागि बादल बालुवाटार पुगेका छन् । उनले आफु निकट नेतालाई गृहमन्त्रीमै नियुक्त गर्न प्रस्ताव गरेको स्रोत बताउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !