२ असार २०८१, शनिबार

महाकालीबाट वगेको ओलीको राष्ट्रवाद चुरेको बालुवामा मिसियो : धनराज गुरुङ

प्रधानमन्त्रीको कुर्सी हल्लिन थालेपछि चुरेको गिट्टी बालुवाबाट खरबौं आम्दानी हुने सपना ओलीले देखे : धनराज गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका यूवा नेता धनराज गुरुङले महाकाली सन्धि गरेपछि नेपाललाई वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुन्छ भन्ने तत्कालीन नेकपा एमालेका नेता केपी ओली हाल उनको प्रधानमन्त्रीको कुर्सी हल्लिन थालेपछि चुरेको गिट्टी बालुवाबाट खरबौं आम्दानी हुने सपना देख्न थालेको आरोप लगाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले महाकालीबाट वगेको ओलीको राष्ट्रवाद चुरेको बालुवामा मिसिएको कडा टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘महाकाली सन्धि गरेपछि नेपाललाई वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुन्छ भन्ने तत्कालीन नेकपा एमालेका नेता केपी ओली हाल उहाँको प्र.म.को कुर्सी हल्लिन थालेपछि चुरेको गिट्टी बालुवाबाट खरबौं आम्दानी हुने सपना देख्न थाल्नु भएछ । महाकालीबाट वगेको ओलीको राष्ट्रवाद चुरेको बालुवामा मिसियो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !