काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशहरूको सक्रियताको पनि आलोचना गरेका छन् । हिजो सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पूर्व प्रधानन्यायाधीश तथा अवकाशप्राप्त न्यायमूर्तिहरूले सरकारी पेन्सर खाएर न्यायलयको हुर्मत लिन खोजेको आरोप लगाएका थिए ।
उनले हिजो भनेका थिए, ‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले न्यायालयका कामकारबाहीमाथि सडकमा हस्तक्षेपकारी ताण्डव मच्चाउने । यस्ता आउटडेटेड इमिमेन्टबाट देशलाई प्रभावित हुन दिइने छैन। जोगाइने छ।’
प्रधानमन्त्रीले यसअघि न्यायपालिकाको नेतृत्व गरेका प्रधानन्यायाधीशरुको वक्तव्यप्रति पनि आक्रोश पोखेका हुन् ।