काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बेलुकी ६ बजे बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड-१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।