७ मंसिर २०८१, शुक्रबार

लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित


दृग नारायण पाण्डे

दाङ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाउदै उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् ।

पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को बाबुराम-उपेन्द्र पक्ष, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार थिए ।

निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको थियो । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गरेको हो ।

आजको मतदानमा २९७ जनाले मतदान गरेकामध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो । २११ मतमध्ये पाण्डेले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए । प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो । पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !