८ मंसिर २०८१, शनिबार

यी हुन् नागरिकको ज्यान बचाउन राष्ट्रपतिले खोपको सहयोग माग्दा प्रश्न उठाउने काँग्रेसकी नेतृ


डिला संग्रौला

काठमाडौँ । आफू पनि केहि नगर्ने अनि अरुले गरेको राम्रो कामको पनि प्रशंशा गर्न नसक्ने बानी हाम्रा देशका नेताहरु र नेतृहरुको पुरानै रोग हो । यसक्रममा नेपाली काँग्रेसकी एकजना नेतृको दोषी चस्माले हेरेको दृष्टिकोण बाहिर आएको छ ।

यी हुन् विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसको तर्फवाट सांसद बनेकी डिला संग्रौला । उनले ‘खोप-कूटनीति’मा ‘आलंकारिक राष्ट्रपति’ विद्यादेवी भण्डारीको ‘अतिरिक्त सक्रियता’का भन्दै गम्भीर प्रश्न उठाएकी छन् ।

अहिले विश्व नै कोरोना महामारीले आक्रान्त भएको छ । अल्डोमिटरका अनुसार अहिलेसम्म विश्वमा १७ करोड १० लाख भन्दा बढी मानिसहरु कोरोना संक्रमित भई सकेका छन् भने ३५ लाख ५७ हजार भन्दा बढीको मृत्यु भई सकेको छ ।

कोरोना खोपको विश्वभर अभाव भईरहेको सन्दर्भमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना देशका नागरिकको ज्यान बचाउन विश्वभरका खोप उत्पादन गर्ने राष्ट्रको प्रमुखहरु समक्ष चाहे टेलिफोन गरेर होस् वा पत्र पठाएर पहल गरिरहेकी छन् ।

काेभिड खाेपका लागि राष्ट्रपति भण्डारीले कुटनीतिक पहल गरिरहेकी छन् । यसैक्रममा राष्ट्रपति भण्डारीले युक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

उनले यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, भारतीय राष्ट्रपति रामनाथ काेविन्द, अमेरिकी राष्ट्रपति जाे बाइडेनलाई खाेपका लागि अनुराेध गरिसकेकी छन् । चीनले १० लाख डाेज भेराेसेल खाेप अनुदान स्वरुप दिने घाेषणा गरिसकेकाे छ ।

अहिले सरकारले पनि कोरोना रोकथाम, नियन्त्रणमा केन्द्रित बजेट ल्याएको छ । निषेधाज्ञा लगाउदा समेत कोरोना महामारी नियन्त्रणमा आएकोले सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेको छ ।

देशको ध्यान नै कोरोना रोकथाम र नियन्त्रण गरेर नागरिकको ज्यान बचाउने हो । खोप लगाएर कोरोनावाट नागरिकको ज्यान बचाउन राष्ट्रप्रमुखले चासो लिएर विश्वका राष्ट्रप्रमुखलाई टेलिफोन र पत्राचार गर्दैमा राष्ट्रपति सक्रिय भएको भन्न मिल्छ र ?

राष्ट्रपति भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राख्नु के राष्ट्रपतिले गल्ती गरेको हो र ? नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि राष्ट्रपतिले अनुरोध गर्दैमा राष्ट्रपति कार्यकारी हुने हो र ?

राष्ट्रपतिले विश्वका राष्ट्रप्रमुखलाई कोरोना खोपको सहयोग आब्हान नगरी जनता कोरोना संक्रमणवाट मर्नु ठिक हो त ? भन्न खोजेको के हो ? यस्ता जस्तोसुकै विषयमा नारद बनेर कुरा काट्ने काम बन्द गरौ । नागरिकको जीवन जोगाउन जसले पनि पहल थाले हुन्छ । यस्ता जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संबेदनशील विषयमा नबोल्दा कम विद्वान र कम क्रान्तिकारी हुने होइन ।

नेपालका सत्तामा रहेका होस् वा विपक्षमा रहेका नेताहरु र नेतृहरुको एक अर्काको खाली कुरा काटेर मात्र चर्चामा आउने खराव मानसिकताको अन्त्य हुन जरुरी छ । आफ्नो सोच बदलौ । राष्ट्रपतिको कुरा काट्दा मात्र आफू विद्वान हुने होइन । अहिले देशमा कोरोना खोप जसरी पनि चाहिएको छ । सवै नागरिकलाई कोरोना खोप लगाउनु जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !