काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गरेका आब २०७८/ ७९ को बजेट मुलत: जनमुखी रहेको बताएका छन्।
भट्टराईले हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान रहेको बताएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८/ ७९ को बजेट मुलत: जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।”