७ मंसिर २०८१, शुक्रबार

राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ : भीम रावल


भीम रावल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका नेता भीम रावलले राष्ट्रलाई नाश्ने गलेर नाश हुने बताएका छन् । साथै उनले मनपरीतन्त्र, निरंकुशतन्त्र, विधेयकतन्त्र, लम्पसारतन्त्र, कमिशनतन्त्र र राष्ट्रघाततन्त्रबाट देशले मुक्ति पाओस् भनेर कामना समेत गरेका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा सामाजिक संजाल ट्वीटरमा शुभकामना दिंदै उनले गणतन्त्र दिवसले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृध्दिका तगारा हटाउने काममा लाग्न सबैलाई प्रेरित गरोस् भनेर लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !