२ असार २०८१, शनिबार

ओलीलाई देउवाले संबिधान पढ्न दिएको सुझावप्रति नेता धनराज गुरुङको आपत्ति


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संबिधान च्यात्नेहरुलाई संबिधान पढ्न सुझाव नदिएकै राम्रो भन्दै आग्रह गरेका छन्। गुरुङले सत्ता लिप्साका कारण मध्यरातमा संबिधान नै च्यात्नेले संबिधान पढ्छ र ? भन्दै प्रश्न गरेका छन्।

गुरुङले सामाजिक संजालमा लेखेका छन्, “आदरणीय सभापति @DeubaSherbdrज्यु! संबिधान च्यात्नेहरुलाई संबिधान पढ्न सुझाव नदिएकै राम्रो।सत्ता लिप्साका कारण मध्यरातमा संबिधान नै च्यात्नेले संबिधान पढ्छ र?संबिधानमा “बहुलवाद” शब्द लेख्ने कुरामा बिरोध गर्नेहरुले कांग्रेसलाई “बहुदल” बारे प्रशिक्षण? लज्जास्पद!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !