७ असार २०८१, शुक्रबार

सुदूरपश्‍चिममा एमाले स्थायी कमिटीको निर्णय अस्वीकार : सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय


सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्‍द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज भएको संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्‍काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

यस्तै भविष्यमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संसदीय दलको कार्यालय धनगढीमा बैठक भएको थियो ।

एमाले स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि पहिलो पटक संसदीय दलको बैठक बसेको थियो । एमालेबाट मन्त्री भएका ३ जनालाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको थियो ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् । माधव पक्षका प्रदेशसभा सदस्यको संख्या बढि भएकाले संसदीय दलको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !