५ जेष्ठ २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठक बस्दै : नेपाल समूहका ११ सांसदलाई कडा कारबाही हुनसक्ने


नेकपा एमाले स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी को स्थायी कमिटी बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा पार्टीको आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने बुझिएको छ । शनिवार ८ गते बसेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।

शनिवार बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उनीहरुलाई लगाएको छ । माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि सकिएकोले आज बस्न लागेको स्थायी कमिटीको बैठकले उनीहरुमाथि कडा कारवाही गर्ने सम्भावना रहेको छ । त्यस्तै पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !