१० मंसिर २०८१, सोमबार

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश २०७८ जारी


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपालको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराएका थिए ।

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश २०७८ जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !