११ मंसिर २०८१, मंगलबार

नेकपा एमालेकी सचेतक शान्ता चौधरी पदमुक्त, गाडीसमेत फिर्ता


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरी पदमुक्त भएकी छन्। चौधरीले आफू सचेतक पदबाट मुक्त भएको सामाजिक संजालमार्फत जानकारी गराएकी छन्। चौधरी ३ वर्षे कायाकल सकेर पदमुक्त भएकी हुन्।

चौधरीले ३ वर्ष पार्टीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र केही महिना नेकपा ( एमाले ) संसदीय दलको सचेतकको रुमपा भुमिका निर्वाह गरिसकेकी छन्। उनले सचेतक जिम्मेवारी प्रदान गर्ने पार्टी प्रति धेरै आभार व्यक्त गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ” राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो ,जिम्मेवारी मुक्त भए पछि आजबाट राज्यलाई नै फिर्ता गरियो । ३ वर्ष पार्टीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र केही महिना नेकपा ( एमाले ) संसदीय दलको सचेतकको रुमपा भुमिका निर्वाह गर्ने अवसर प्राप्त गरें । उक्त जिम्मेवारी प्रदान गर्ने मेरो पार्टी प्रति धेरै आभार व्यक्त गर्दछु । जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ , धेरै कुरा सिकाउँदो रहेछ , सिक्दै दायित्व निर्वाह गरें । धेरै साथीहरुको सल्लाह , सुझाव र बौद्धिक सहयोग पाउन सकें , पार्टी नेतृत्व र सिङ्गो पार्टी पंक्तिको साथ पाएँ , म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु । पार्टीले जिम्मेवारी दिएकै कारण मैले अनुभव प्राप्त गरें , अनुभवकै कारण जिम्मेवारी वहन गर्न सके , काम गर्दा कमजोरी पनि भए होलान , सबै अनुभवको संगालो मसँग छ । म फेरि पनि आभारी छु , पार्टी , नेतृत्व , सबै नेता गण र माननीय ज्युहरुप्रति ! हृदयको गहिराई देखि श्रद्धापुर्वक सलाम गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !