२ असार २०८१, शनिबार

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, नेपाललाई पार्टीवाट निस्काशन गर्ने सम्भावना


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसका साथै माधव नेपाल सहित २६ जना एमाले सांसदले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा ओलीले माधव नेपाल समूहको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरेकोले कठोर नीति अवलम्वन गर्दै माधव नेपाल समूहलाई पार्टीवाट निस्काशन गर्न सक्ने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !