काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जानैपर्ने बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले १४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगएमा फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुने बताएका हुन् ।
उनले राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्नेमा बिपक्षी दलका नेताहरुलाई आब्हान गरेका छन् ।
१४९सांसदको७६(५)बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन११को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ
— Gagan Thapa (@thapagk) May 22, 2021