८ पुस २०८१, सोमबार

कमल थापाले दिए अब देशको राजनीतिक कार्यदिशाको स्पष्ट खाँका


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब देशको राजनीतिक कार्यदिशाको स्पष्ट खाँकाको प्रस्तुत गरेका छन् । हिजो शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही गरिन्, जुन थापाले सामाजिक संजाल ट्वीटरमार्फत सुझाव दिएका थिए ।

सामाजिक संजाल ट्वीटरमा आज शनिबार बिहान लेख्दै बुँदागत रुपमा अबको कार्यदिशावारे यस्तो सुझाव दिएका छन् :

१. स्वास्थ संकटकाल घोषणा
२. सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालनगरी ३महिना भित्र कोरोना महामारी नियन्त्रण गर्ने
३. आम नागरिकलाई खोपको व्यवस्था गर्ने
४. चुनाव निष्पक्ष एवं स्वतन्त्र रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने र
५. चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !