६ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीले त्यही गरिन्, जुन कमल थापाले भनेका थिए


कमल थापा र विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटरमा शुक्रबार बेलुकी ५:४१ बजे एउटा पोष्ट गरे – राष्ट्रपति महोदय दुवै जाली र किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस्

राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरिदिइन् ।

राष्ट्रपति भण्डारीले कमल थापाले ट्वीट गरेको ठिक ५ घण्टा ५७ मिनेटपछि मध्यराती २३:३८ बजे थापाले जे भनेका थिए त्यहिअनुसारदुवै दाबी पूर्ण नभएको भन्दै अस्वीकार गर्दै खारेज गरिदिइन् ।

साथै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को आकस्मिक बैठकले सिफारिस गरेबमोजिम प्रतिनिधिसभा (संसद) विघटन गरी २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरणको निर्वाचन र मंसिर ३ गते ३ गते शुक्रबार दोस्रो चरणको मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।

नेपालीमा एउटा चर्चित उखान अनुसार यसलाई भनिन्छ – ‘बाघ कराउनु र बाख्रा हराउनु’ । शुक्रबार यस्तै संयोग भएको छ । यहाँ प्रतीकात्मक रुपमा भन्दा थापाको ट्वीटलाई बाघ मान्न सकिन्छ भने राष्ट्रपतिको कदमलाई बाख्रा हराउनु सँग तुलना गर्न मात्र सकिन्छ किनकी यसलाई कारण र परिणाम (कज एण्ड इफेक्ट) को रुपमा मान्न सकिन्छ ।

थापाले ट्वीट गरे राष्ट्रपतिले त्यस्तै निर्णय गरिन् किनकी नयाँ प्रधानमन्त्री बन्न नसकेर बाख्रा हराएझैँ नै भयो । देशले नयाँ प्रधानमन्त्री नपाएर संसद विघटन भई देश मध्यावधि निर्वाचनमा होमिसकेको छ ।

दुवै जनाले नयाँ सरकारको लागि प्रधानमन्त्रीको रुपमा दावी गरेपछि अन्योलमा परेकी राष्ट्रपति भण्डारीलाई थापाको ट्वीट समस्या सामधान गर्ने औषधि नै भएको होकी संयोग हो यो भने भविष्यमा उजागर होला ।

भनिन्छ नि तरबार भन्दा कलम शक्तिशाली हुन्छ । एउटा शब्द वा वाक्यमा कत्ति शक्ति हुन्छ भन्ने कुरा सायद आंकलन गर्न गार्हो हुन्छ । एउटा समाचारले हाम्रो देश नेपालमा सभामुख जस्तो सम्माननीय व्यक्तित्वको पद खुस्किएको छ भने बिहिवार एउटा यूवा वकिलले दर्ता गराएको रिटले ७ जना गैरसांसद मन्त्रीको पद चट भएको छ ।

कमल थापाले यस्तो ट्वीट गरेका थिए, ‘राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’ आधार छैन । दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

राष्ट्रपतिद्वारा सरकार गठनका लागि गरिएका दुबै दाबी पूर्ण नभएको भन्दै खारेज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !