७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले ओलीको जालझेल र अपराधमा साथ दिएको भन्दै गगन थापाले दिए कडा प्रतिक्रिया


गगन थापा फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगन थापाले १५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भन्दै प्रश्न गरेका छन्। आज केपी शर्मा ओलीले आफ्नो पक्षमा १५३ जनाको समर्थन भएको भन्दै प्रधानमन्त्रीको दावी गरेपछि थापाले यस्तो बताएका हुन्।

नेता थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल!
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !