काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने भएका छन् । स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । यसका लागि चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकको सहमतिअनुसार देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको एक नेताले जानकारी दिए ।