११ मंसिर २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल हो’


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल रहेको टिप्पणी गरेका छन् । आज शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर कुरा आइरहेकोतर्फ संकेत गर्दै गणतन्त्रविरुद्ध खेल नखेल्न आग्रह गरे ।

उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा निर्णय गर्ने भएकोले राष्ट्रपतिमाथिको आक्रोश किन ? भन्दै प्रश्न गर्दै राष्ट्रपतिको विरोध गणतन्त्र विरुद्धको खेल भएको टिप्पणी गर्दै गणतन्त्रको प्रतिक राष्ट्रपति र राजतन्त्रको प्रतिक राजा हुन भनेका छन् ।

उनले नयाँ सरकार बनाएर अन्योल अवस्थाको अन्त्य गर्न राजनीतिक दललाई आग्रह गर्दै विपक्षी दलले नयाँ सरकार दिन नसके आफूलाई समर्थन गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न राष्ट्रिय राजनीतिमा फोहोरी खेल भएको बताए । उनले आफूलाई संसदमा विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्यूह बनाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !