काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकारको प्रधानमन्त्री बन्न रुचि नभएको बताएका छन्। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरलले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो । म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’
ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादवदेखि नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।