काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । साढे १२ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएका छैनन् ।
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला एक्कासी ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने र वैकल्पिक नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्दै आज बेलुकी ५ बजेसम्म २१ घण्टाको म्याद दिएकी हुन् ।