५ जेष्ठ २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार शुल्क


Nepali-congress-Centre-office-Sanepa

१८ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । निर्वाचन समितिले बिहीबार सूचना सार्वजनिक गरी दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी गराएको छ ।

उम्मेदवारीको दर्ताको लागि फागुन २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म छ भने सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन, फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

फागुन २१ गते बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १० देखि १ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान भने सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !